काठमाडौं–रंगेली नगरपालिका– १ स्थित बबियाविर्तामा ट्र्याक्टरबाट लडेर गए राति चालकको मृत्यु भएको छ ।


ADVERTISEMENT


भित्री सडकखण्डमा को१त ७३९७ नंको ट्र्याक्टरका चालक मोरङ धनपालथान गाउँपालिका – ५ बस्ने ४५ वर्षीय अमरलाल ऋषिदेवको मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।


ADVERTISEMENT

# # #


मादक पदार्थ सेवन गरी ट्र्याक्टर चलाउँदै गरेको अवस्थामा ट्र्याक्टरबाट लडेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगर लैजाने क्रममा बाटामा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैबीच कानेपोखरी गाउँपालिका–७ स्थित चिसाङ खोलाको पुल नजिकबाट प्रहरीले शुक्रबार साँझ लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सुराकीका आधारमा अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको प्रहरीको टोलीले धनकुटा खाल्छा–छिन्ताङ गाउँपालिका– २ बस्ने १९ वर्षीय प्रवीण विक र २४ वर्षीय भोगेन्द्र राईलाई ३० किलो गाँजासहित पक्राउ गरेको प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिएका छन् ।