काठमाडौँ – आमाको सङ्घर्षपूर्ण कथामा बनेको नेपाली फिल्म ‘मीरा : स्याडो अफ अ रेन्बो’को गीत ‘उड्दै उड्दै जाऊ चरी’ रिलिज हुने भएको छ ।
निर्माण पक्षले काठमाडौँमा विशेष प्रदर्शनी गर्दै गीन रिलिज गर्न लागेको हो । अनिता पण्डितले निर्देशन गरेको उक्त चलचित्रमा बच्चामा देखिएको अटिजम (अस्वाभाविक सजग मानसिक स्थिति) र एक आमाको सङ्घर्षपूर्ण कथा देखाइएको छ ।
पण्डितको समेत मुख्य भूमिका रहेको फिल्ममा सुरविना कार्की, निशान चौहान, कैलाश रावल, रोशनी कार्की र बाल कलाकार आश्वि घिमिरेको अभिनय देख्न सकिन्छ । फिल्म आश्वि फिल्मसले निर्माण गरेको हो ।