काठमाडौं–प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले छायाँ सरकार बनाउने तयारी गरेको छ । शनिबार बसेको प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरुको संयुक्त बैठकमा छायाँ सरकार गठनको खाकासहित विधान संशोधनको प्रस्ताव पेश भएको छ ।


ADVERTISEMENT


छायाँ सरकार गठनको अवधारणा आएको भन्दै सांसद गगन थापाले भने, ‘केन्द्रमा जतिवटा मन्त्रालय रहन्छ, त्यति नै छाया मन्त्री बनाएर काम गर्ने टुंग्याएका छौं ।’


ADVERTISEMENT

# # #


छायाँ प्रधानमन्त्री र मन्त्रीहरुले आ-आफ्ना मन्त्रालय अन्र्तगत सरकारबाट भएका कामको निगरानी गर्नेछन् । प्रदेश स्तरमा पनि छायाँ सरकार बनाइने उनले बताए ।

अर्का सांसद बालकृष्ण खाँडले संविधानको रक्षा गर्दै राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सम्बर्द्धनका लागि कांग्रेसले दुबै सदनमा सशक्त भूमिका निर्वाह गर्ने बताए ।