काठमाडौं–सुन्धारास्थित निकुद गेष्ट हाउसमा शनिबार एक युवती मृत भेटिएकी छन् । तीनजना केटा साथीसँग बिहान ३:३० बजेको समयमा गेष्ट हाउसमा आएकी उदयपुर घर भई हात्तिवन बस्ने शर्मिला राउत ९ः३३ मा मृत भेटिएको प्रहरीले जानकारी दिएको छ ।


ADVERTISEMENT


प्रहरीका अनुसार तीन जनामध्ये विशाल खड्काले प्रहरीलाई फोन गरी शर्मीलाले पासो लगाएको जानकारी गराएपश्चात प्रहरी घटनास्थल पुगेको हो । प्रहरी घटनास्थल पुगुन्जेल पासो विशालले आफैं निकालेको बयान दिएको प्रहरी नायब उपरीक्षक टिकुनन्द इवा लिम्बुले बताए ।


ADVERTISEMENT

# # #


डिएसपी लिम्बुका अनुसार, सिन्धुली स्थायी घर भई र हाल पेप्सीकोला बस्ने विशाल खड्का शर्मीलाको ब्वाईफ्रेन्ड भएको र अन्य दुई जना उदयपुर स्थायी घर भई कोटेश्वर बस्ने अशव सेवा र काभ्रे स्थायी घर भई कोटेश्वर बस्ने विपिन मैनाली साथीको रुपमा आएको बयान दिएका छन् ।

होटल सञ्चालक सुन्दर श्रेष्ठका अनुसार उनीहरुले दुईवटा कोठा लिएको र एक कोठमा विशालका दुई जना साथी र एक कोठमा शर्मीला र विशाल बसेको जनाएका छन् । उनीहरुले कोठामा दुई बोतल बियर र अन्य नास्ता मगाएका थिए ।

शर्मीला र विशाल कोटेश्वरस्थित रिन्को ओभरसिज प्रालिमा सँगै काम गर्ने गरेको प्रहरीले जनाएको छ । डिएसपी लिम्बुले भने, ‘उनीहरु तीनै जना प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । विशालका एक श्रीमती र एक छोरा छन् ।