काठमाडौँ– शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति छानबिन समितिले दिएको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ ।


ADVERTISEMENT


समितिको बुधबार बसेको बैठकले प्रतिवेदन समितिमा उपलब्ध गराउन निर्देशन दिएको हो । समिती सदस्य सुमना श्रेष्ठले बुधबारको बैठकमा प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी थिइन् ।


ADVERTISEMENT

# # #


समितिमा त्रिविको जग्गाको विषयमा निवेदन पनि परेकाले प्रतिवेदन उपलब्ध गराउन निर्देशन दिइएको सभापति अम्बरबहादुर थापाले बताए । ‘अहिले पनि त्रिभुवन विश्वविद्यालयको सम्पत्तिलाई संरक्षण गर्ने हो भने त्रिभुवन विश्वविद्यालयलाई सरकारले लगानी गर्नुपर्दैन । बरु सरकारले केही माग्यो भने त्यहाँबाट दिनसक्ने अवस्था छ’, उनले भने, ‘उहिले अदालतले आदेश गर्छ, त्यो सम्पत्ति आफ्नो हो भन्ने कुरै बनाउँदैन । यस्ता विषयमा सरकार एक्सनमा जानुपर्छ । राज्यको आम्दानीको स्रोत बनाउने र खर्च गर्ने विधि अवलम्बन गर्नुपर्छ ।’

जग्गा खोजबिन समितिले मंगलबार साँझ प्रतिवेदन प्रधानमन्त्री केपी ओलीलाई बुझाएको थियो । त्रिविको १ हजार रोपनी जग्गा विभिन्न समयमा बाँडफाँड भएकाले त्यससमयका पदाधिकारीलाई कारबाहीको सिफारिस समितिले गरेको छ ।