काठमाडौँ– सरकारले व्यवस्थापिका संसदमा पेस भएको संविधान संशोधन (दोस्रो संशोधन) विधेयक फिर्ता लिएको छ ।


ADVERTISEMENT


मंगलबार बसेको संसद बैठकमा सरकारका तर्फबाट कानुनमन्त्री अजयशंकर नायकले संशोधन विधेयक फिर्ता लिएका हुन् । उक्त विधेयक एमाले लगायत ९ दलको विरोधका बीच गत पुस २४ गते सरकारले सदनमा पेस गरेको थियो । विपक्षीहरुले प्रस्ताव देशको हित विपरीत भन्दै विरोध जनाएका थिए । प्रदेशको सीमा, राष्ट्रिय सभामा प्रतिनिधित्व, वैवाहिक अंगीकृत नागरिकता र भाषाजस्ता संवैधानिक व्यवस्थामा संशोधन गर्ने प्रस्ताव थियो ।


ADVERTISEMENT

# # #


संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाउँदै आएको माग सम्बोधनका लागि भन्दै संसद सचिवालयलमा गत मंसिर १४ गते दर्ता भएको थियो । उक्त विधेयक मोर्चा घटक दलहरुले समेत मानिरहेका थिएनन् ।

विधेयक फिर्ता लिएसँगै सरकारले संविधान संशोधनको नयाँ प्रस्ताव लैजाने तयारी गरेको छ । नयाँ प्रस्ताव सोमबार बसेको बैठक मन्त्रिपरिषद् बैठकले पारित गरेको थियो । नयाँ प्रस्तावमा समेत मधेसी मोर्चाले समर्थन गर्नेरनगर्ने अझै निश्चित छैन ।