काठमाडौँ – लुक्लाबाट काठमाडौंका लागि उडेको हेलि एभरेष्ट हेलिकप्टरमा चरा ठोकिएपछि काभ्रेमा आकस्मिक अवतरण गरिएको छ ।
लुक्लाबाट ५ जना विदेशी यात्रु राखेर काठमाडौं आउँदै गरेको हेली एभरेस्टको ९ एन–एकेजी हेलिकोप्टरमा चरा ठोकिएपछि बनेपा नगरपालिका–१० डाँडाबारीमा आकस्मिक अवतरण गरिएको हो ।
चरा ठोकिएपछि हेलिकोप्टरको अगाडिको सिसाको केही भाग फुटेको छ । आकस्मिक अवतरणपछि यात्रुहरुलाई सडकमार्ग हुदै काठमाडौं ल्याइएको थियो ।