ओखलढुंगा–ओखलढुंगामा एक महिलाले अनौठो बच्चा जन्माएकी छिन् । मानेभन्ज्याङ गाउँपालिका ४, केत्तुके निवासी विपना गुरुङले अनौठो शिशु (छोरी)लाई जन्म दिएकी हुन् ।


ADVERTISEMENT


२९ वर्षीय विपना र लक्ष्मण गुरुङको पहिलो सन्तानको रुपमा जन्मिएको शिशुको दुईओटा जस्तो देखिने टाउको छ । नवजात शिशुको टाउकोको दायाँपट्टिको भाग निकै ठूलो छ । २ किलो ७ सय ग्राम जन्मिएको शिशुको एउटा आँखा, नाक र मुख समेत प्रष्ट देखिदैन ।


ADVERTISEMENT

# # #


शिशुको हात, खुट्टा, तथा शरीरका अन्य अंगहरु भने सामान्य छ । अहिले आमाको स्वास्थ्य अवस्था समेत समेत सामान्य रहेको र शिशुलाई इन्कुवेटरमा राखेर पाइपमार्फत आमाको दुध खुवाएर राखिएको छ । शिशुको अवस्थालाई हेर्दा चिकित्सकहरुले आमाको पेटभित्रै ट्यूमर भएको अनुमान गरेका छन् ।

शिशुलाई केही दिन बढ्न दिएर थप उपचारका लागि काठमाडौं पठाइने अस्पतालका एमडिजिपी चिकित्सक संजय पोख्रेलले बताए ।

डा.पोख्रेलका अनुसार उनको सिटिस्क्यान पछि ट्यूमर हो होइन भन्ने पत्ता लाग्नेछ । यदि ट्यूमर हो भने बाल विशेषज्ञ सर्जनहरु मार्फत शल्यक्रिया गर्न सकिने उनले बताए ।

चिकित्सकका अनुसार यसलाई जन्मजात शारीरिक अपाङगता भनिन्छ । यस्तो शिशु जन्मिनुमा बिशेषगरी ढिलो उमेरमा बच्चा जन्माउनु, हाडनाताको सम्बन्ध, गर्भावस्थामा जथाभावी औषधीको प्रयोग र गर्भावस्थामा भिटामिनको कमी हुनु रहेको चिकिस्तकहरुको भनाई छ ।