काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नुवाकोटको शेरा दरबारको जग्गाका बिषयमा छानविन गरि दोषीलाई कारवाही गर्नुपर्ने बताएका छन् ।
सिहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा प्रचण्डले राज्यको सम्पती व्यक्तिको नाममा गर्ने काममा संलग्न जोकोहीलाई कारवाही हुनुपर्ने बताएका हुन् ।
छानविन गर्दै जाँदा आफुलाई पनि कानूनको दायरामा ल्याउनुपर्छ भनेर आफुले भन्दै आएको उनले जनाए । शेरा दरबारको जग्गाका विषयमा छानविन गर्न सरकारलाई सहयोग गर्ने उनको भनाई छ ।
प्रचण्डले १२–१५ वर्षअघि पार्टी छाडेका व्यक्तिसँग जोडेर नुवाकोटको शेरा दरबारको जग्गासँग पार्टी नेतृत्वलाई जोड्ने प्रयास गरेको भन्दै यसअघि नै आपत्ति समेत जनाइसकेका छन् ।