काठमाडौं–प्रदेशसभा ५ को आइतबार दिउँसो १ बजे डाकिएको बैठक स्थगित भएको छ । संसद विजनेस विहीन भएकाले बैठक स्थगित गरिएको संसद् सचिवालयका सचिव मानबहादुर बिकेले जानकारी दिए ।


ADVERTISEMENT


अब संसद् बैठक यही फागुन २७ गते बस्ने उनले बताए । सरकारले संसद्लाई बिजनेस दिन नसकेपछि संसद् बैठक यति लामो समयसम्म स्थगित गर्नुपरेको उनको भनाइ छ ।


ADVERTISEMENT

# # #


यसअघि फागुन ६ गते बसेको बैठकले प्रदेशसभा सञ्चालन नियमावली बनाउन समिति गठन गरेको थियो । सो समितिलाई १५ दिनको म्याद दिइएको थियो ।

फागुन ६ गतेको संसद बैठकले फागुन १३ गतेका लागि बैठक डाकेको थियो । तर संसद सचिवालयमा सूचना टाँसेर बैठक स्थगितको जानकारी दिइएको छ ।