काठमाडौँ – ललितपुर जिल्ला प्रहरी प्रमुखको जिम्मेवारीमा सरुवा भएका एसएसपी श्यामकृष्ण अधिकारीले ललितपुर प्रहरीको कमाण्ड सम्हालेका छन्।
आज जाउलाखेल स्थित जिल्ला प्रहरी परिसर ललितपुरमा एसएसपी अधिकारीलाई सलामी सहित विशेष स्वागत गरिएको थियो । केही दिनअघि गृह मन्त्रालयले अधिकारीलाई ललितपुर प्रहरी प्रमुखमा सरुवा गरेको थियो ।
एसएसपी अधिकारी नेपाल प्रहरीको कार्यसम्पादनमा काबिल र अब्बल प्रहरी अधिकारीका रूपमा परिचित छन् ।






























































