काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संघीयतालाई बलियो बनाउनका लागि प्रदेश र स्थानीय तहलाई अधिकारसम्पन्न बनाउने गरि कानून बनाउनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


संघीयता सवलीकरणका सन्दर्भमा मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा थापाले सबै तहलाई अधिकारसम्पन्न बनाएर संघीयता कार्यान्वयन गर्नुपर्ने र अधिकारसम्पन्न बनाउदा पनि काम गर्न नसके समाधानको उपाय खोज्नुपर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


अहिले ठूला दल मिलेर सरकार गठन भएकाले सदनबाट कानून बनाउन सहज हुने भएकाले संघीयता कार्यान्वयनसम्बन्धी कानून बनाउन ढिलाई गर्न नहुने उनको भनाइ छ ।

महामन्त्री थापाले पुराना र नयाँ भनिएका दलहरु समेत संघीयताप्रति उदार भने हुन नसकेको जिकिर गरे । उनले संविधान संशोधनका लागि आवश्यक बिषयमा खुला रुपमा बहस र छलफल हुने भएकाले यसप्रति कसैले शंका गर्न नपर्ने बताए ।

उनले सरकारमा गएकाहरुले पनि अधिकारलाई मुठ्ठीमा राख्ने गरेकाले संघीयता नै दुर्घटनामा पर्ने देखिएको जनाए ।