पोखरा– सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेकी लिला पछाईं धरौटी बुझाएर रिहा भएकी छन् । उनी शुक्रवार ३७ लाख धरौटी बुझाउदैँ रिहा भएकी हुन् ।


ADVERTISEMENT


जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले लीलासहित ७ जनालाई बिहीबार धरौटीमा छोड्न आदेश दिएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित ६ जनाले धरौटी रकम बुझाएर हिजै रिहा भएका थिए । रिहा हुनेमा लामिछानेसँगै छविलाल जोशी, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, मीना गुरुङ र आरती गुरुङ रहेका थिए ।


ADVERTISEMENT

# # #


यद्यपि धरौटी बुझाउन नसकेपछि लीला पछाईं भने एक रात थप हिरासतमा बसेकी थिइन् । तर, आज धरौटीमा रकम बसझाएसंगै उनी रिहा भएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।