काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूव गृहमन्त्री रवि लामिाछने आज अदालत उपस्थित नहुने भएको छ ।
उनी आइतबारमात्रै अदालत उपस्थित हुने सो पार्टीका सह–कोषाध्यक्ष दीपक बोहोराले जानकारी गराएका छन् ।
‘सम्बन्धित निकायहरूसँगको सम्पर्क र समन्वयमा आइतबार बिहानै ८ः३० मा नै काठमाडौँ जिल्ला अदालतमा हाजिर हुनुहुनेछ,’ बोहोराले भनेका छन् ।
बिहीबार कास्की जिल्ला अदालतको आदेशपछि थुनामुक्त भएका लामिछाने स्थलमार्ग हुँदै काठमाडौं आइरहेको प्रवक्ता मनिष झाले बताएका छन् ।
उनका अनुसार, लामिछाने आज बिहान १० बजे नै स्थलमार्ग हुँदै पोखराबाट हिंडेका थिए । रविलाई आफैं अदालतमा उपस्थित हुने शर्तमा ६ लाख धरौटी रहम बुझाएपछि प्रहरीले बिहिवार परिवारको जिम्मा लगाएको थियो ।