काठमाडौँ– नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच समाजवादी मोर्चालाई सक्रिय बनाउने सहमति भएको छ।
शुक्रवार सिंहदरबरास्थित बसेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालबीच समाजवादी मोर्चालाई सक्रिय बनाउने सहमति भएको हो ।
माघ २ गते समाजवादी मोर्चामा भएका चारवटा घटकहरुसँग छलफल गरेर अघि बढ्ने उनीहरुको भनाई छ । दुई ठूला सहित विप्लव नेतृत्वको नेकपा र महेन्द्रराय यादव नेतृत्वको नेसपा सहभागी छन्।