काठमाडौँ– नेपाल सरकारले हमासले नियन्त्रणमा लिएको नेपाली विद्यार्थी विपिन जोशीको रिहाईका लागि कतार र इजिप्ट सरकारसँग पुनः अपिल गरेको छ ।


ADVERTISEMENT


नेपाल सरकारले नेपालका लागि इजिप्ट र कतारका राजदूतमार्फत दुबै देशसँग विपिनको रिहाइका लागि विशेष पहल गरिदिन पुनः आग्रह गरेको हो ।


ADVERTISEMENT

# # #


हमास समूहले आफ्नो युद्वविरामको सम्झौता अनुरुपमा नियन्त्रणमा रहेकामध्ये ३४ जनालाई अपहरण मुक्त गर्न लागेको छ । सो खबर प्राप्त भएसंगै भन्ने परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमाससँग मध्यस्थता गरिरहेको कतार र इजिप्ट सरकारलाई विपिनको रिहाइका लागि सहयोग गरिदिन आग्रह गरेकी हुन् ।

नेपालका लागि इजिप्टका राजदूत नोहा हमदी अहमद एलगेबलीसँग आज मन्त्रालयमा भएको शिष्टाचार भेटका क्रममा परराष्ट्रमन्त्री डा. राणाले इजिप्ट सरकार समक्ष सो आग्रह गरेकी हुन् ।

हमासले गत ७ अक्टुबर सन् २०२३ मा इजरायली भूमिमाआक्रमण गरी एक हजार दुई सयभन्दा बढीको ज्यान लिएको थियो भने दुई सय ५१ जनालाई बन्धक बनाएको थियो । मृत्यु हुनेमा दश नेपाली विद्यार्थी पनि थिए । सोही क्रममा हमासको टोलीले विपिनलाई अपहरण गरेको थियो । त्यसयता विपिनको सम्बन्धमा केही खबर प्राप्त भएको छैन ।