काठमाडौँ – विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय प्राधिकरणले विपद् पश्चातको पुनःनिर्माण तथा पुनः स्थापनाका लागि योजना स्वीकृत भएसंगै लाभग्राहीसँग सम्झौता प्रक्रिया अघि बढ्ने जनाएको छ ।


ADVERTISEMENT


सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणले आइतबार बसेको बिपद् राष्ट्रिय परिषद्को १६ औँ बैठकले भूकम्प र मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माण तथा पुनः स्थापनाका लागि योजना स्वीकृत गरेको जानकारी दिदै अव आगामी माघ २ गतेदेखि लाभग्राहीसँग सम्झौता प्रक्रिया प्रारम्भ गरी पुनःनिर्माण थानली हुने जनाएको हो । प्राधिकरणका सहसचिव डा‍. भीष्म कुमार भूसालले विपद्बाट भएको क्षतिको विस्तृत आँकलन नभएका क्षेत्रमा माघ २ गतेदेखि क्षतिको विवरण संकलन हुने बताए ।


ADVERTISEMENT

# # #


लाभग्राहीसँग सम्झौता भएसंगै पहिलो किस्तामा ५० हजार उपलव्ध गराउने र तीन किस्तामा पूर्णता दिइने भूसालले जानकारी दिए । उनले स्थानीयस्तरमा नै इन्जिनियर खटाउने र पुनःनिर्माणमा प्रयोग हुने सामाग्रीको गुणस्तर कायम गरिने बताए ।

उनले पुनः निर्माण र पुनःस्थानाका लागि प्राधिकरणको समन्वयमा साझेदार संस्थाको सहकार्यमा कार्यक्रम सञ्चालन गर्ने र स्थानीयलाई पनि परिचालन गरिने उल्लेख गरे ।