काठमाडौँ – परराष्ट्रमन्त्री आरजु राणाले हमासको नियन्त्रणमा रहेका विपीन जोशीको रिहाईका लागि पहल भइरहेको बताएका छन् ।


ADVERTISEMENT


सिहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्री राणाले हमासको नियन्त्रणमा रहेका विपीन जोशी सकुशल रहेको भन्दै रिहाईका लागि पहल भइरहेको बताएकी हुन् । उनले भनिन्, ‘विपीन जोशी भाई सकुशल हुनुहुन्छ र उहाँ फर्केर आउनुहुन्छ भन्नेमा ढुक्क छु ।’


ADVERTISEMENT

# # #


युद्धबन्दीलाई छाड्ने क्रममा विपिन जोशीलाई छाड्नका लागि आफुले कुटनीतिक तवरबाट पहल गरिरहेको उनले बताइन् । ‘हाम्रो द्वन्द्वसँग कुनै लेनदेन छैन, नेपालको एउटा मात्रै भएकाले विपीन जोशीको रिहाईका लागि पहल पहल गरिरहेको छु’ उनले भनिन्, ‘यस्तै इजिप्टका राजदूत, कतारको राजदूतमार्फत उनीहरुका विदेशमन्त्रीसँग पनि सम्पर्क गर्ने प्रयासमा छु ।’ त्यस्तै उनले रुस–युक्रेन युद्धमा फसेका नेपालीहरुलाई समेत सकुशल फिर्ता गर्नका लागि अनुरोध गरिएको जानकारी दिइन् ।

सन् २०२३ को अक्टोबरमा इसरायली भूमिमा आक्रमण गरी प्यालेस्टाइनी हमास समूहले १० जना नेपालीसहित एक हजारभन्दा बढी व्यक्तिको हत्या गरेका थिए। यस्तै सयौँ व्यक्ति हमासद्वारा बन्धक बनाइएका थिए । त्यसमध्ये नेपालका विपीन जोशी पनि छन् ।

हमासले विभिन्न समयमा दर्जैनौँ व्यक्तिको रिहाई गरे पनि विपीन अझैँ रिहा हुन सकेका छैनन् । उनको रिहाईका लागि सरकारले निरन्तर पहल गरिरहेको छ ।