काठमाडौँ – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मुलुकमा विकासको गति उल्टो दिशातर्फ फर्किएको बताएका छन् ।
माघे संक्रान्तिका अवसरमा इलाम विकास समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा खनालले जनतामा देश बिकासको बाटोतर्फ अघि बढोस भन्ने चाहना भएपनि विकासको गति उल्टो दिशातर्फ फर्किएको अवस्था रहेको बताएका हुन् ।
देशमा दुई तिहाइको सरकार रहेपनि मुलुकको विकास निमार्णको अवस्था गति न मतिको रहेको उनले बताए । खनालले अहिले मुलुकको हर क्षेत्रमा समस्यामात्रै रहेको जिकिर गरे ।
उहाले संविधानको प्रभावकारी कार्यान्वयन गर्दै देशलाई हरहालतमा सफलतातर्फ अघि बढाउनुपर्ने धारणा पनि राखे ।