काठमाडौँ– स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिाछनेको थुनछेकको बहस सकिएको छ ।


ADVERTISEMENT


सरकारी वकिलहरूको बहस, जाहेरकर्ताका कानुनव्यवसायीहरूको बहस, रविका पक्षको बहस, सरकारी वकिलहरूको जवाफी बहसपछि सुनुवाई सकिएको हो । न्यायाधीशले आजै आदेशको तयारी गरेका छन् ।


ADVERTISEMENT

# # #


जिल्ला अदालत काठमाडौंमा भएको थुनछेक बहसमा आज रविको तर्फबाट बहस भएको थियो । पूर्वमहान्यायाधीवक्ताद्वय सुशील पन्त र रमण श्रेष्ठ तथा अभिवक्ताहरु सुरज बस्नेत र सुरेन्द्र थापाले रविको पक्षबाट बहस गरे ।

अर्का वकिल राजेन्द्र प्रसाद सेढाईंले पनि बहसको माग गरेका थिए, तर न्यायाधीशले समयअभाव देखाएपछि उनले छोटो लिखित राय मात्र दिए ।

सरकारी वकिलहरूको जवाफी बहसपछि अन्तिममा रविले संक्षिप्त भनाइ राखेका थिए । सो क्रममा रविले आफूले पाएको १५ प्रतिशत सेयरबारे प्रष्ट्याएका थिए ।  यो सेयर आफ्नो लोकप्रियताका लागि कम्पनीले यत्तिकै दिएको उनले बताए ।

त्यसपछि सुनुवाई सकिएको भन्दै सबैलाई इजलासबाट बाहिर जान आदेश दिएका न्यायाधीश माधवप्रसाद अधिकारी आदेश लेख्ने तयारीमा छन् ।