काठमाडौँ– वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालतभित्रै कुटपिट भएको छ ।


ADVERTISEMENT


स्वर्णलक्ष्मी सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी पक्षमा तर्फबाट बहस गरेर फर्किने क्रममा अधिवक्ता त्रिपाठीमाथि अदालत परिसरमै हातपात भएको हो । समर्थकले आक्रमण गर्न खोजेपछि प्रहरीले उनलाई सुरक्षा दिएको थियो ।


ADVERTISEMENT

# # #


घटनापछि सञ्चारकर्मीलाई बार बाहिर निकालिएको छ भने भिडियो खिच्न समेत निषेध गरिएको छ ।