विराटनगर– कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले संचालन गर्दै आईरहेको “प्रदेश प्रहरीसंग प्रमुख” कार्यक्रम अन्तरगत प्रदेश प्रहरी प्रमुख र प्रहरी कर्मचारीहरुबीच प्रत्यक्ष टेलिफोन संवाद भएको छ ।


ADVERTISEMENT


पहाडी जिल्ला सोलु र ओखलढुंगाका दुर्गम भेगका प्रहरी इकाईहरुमा कार्यरत प्रहरी कर्मचारीहरुले प्रत्यक्ष टेलिफोन संवाद गरी डीआइजी राजन अधिकारी समक्ष आ–आफ्नो व्यक्तिगत पिरमार्का, समस्या तथा गुनासो राखेका थिए भने आ-आफ्नो एरिया इलाकाको समग्र वस्तुस्थितिको बारेमा समेत अवगत गराएका थिए ।


ADVERTISEMENT

# # #


भौगोलिक रुपमा सुगम देखि अत्यन्त दुर्गम पहाडी र हिमाली जिल्ला समेत रहेको यस प्रदेशमा बिभिन्न प्रहरी इकाईमा कार्यरत प्रहरी कर्मचारीहरुले प्रदेश प्रहरी प्रमुख समक्ष प्रत्यक्षरुपमा भेटेर आफ्नो समस्या तथा गुनासो राख्न कठिनाई भएको कारण टेलिफोन संवादका माध्यमबाट प्रदेश प्रहरी प्रमुख समक्ष उचित पीर–मर्का तथा गुनासो सम्वोधन गर्ने गरिएको छ ।

यसबाट कर्मचारीमा थप हौसला प्रदान गर्ने उद्देश्य रहेको छ भने यो कार्यक्रम प्रत्येक महिनाको पहिलो र तेश्रो शुक्रवार निरन्तर रुपमा संचालन हुने गर्छ । यद्यपि यसपटक भने माघ महिनाको पहिलो शुक्रवार विविध कार्यक्रम पर्न गएको हुँदा उक्त कार्यक्रम आईतवार संचालन गरिएको हो ।