काठमाडौँ– वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी सहकारी पिडितको तर्फबाट बहस गर्न रुपन्देही पुगेका छन् ।


ADVERTISEMENT


काठमाडौँमा स्वर्णलक्ष्मी सहकारीका पीडितको तर्फबाट वकालत गरेका अधिवक्ता त्रिपाठी बुटवलको सुप्रिम सहकारीका पीडितहरूको तर्फबाट बहस गर्न रुपन्देही पुगेका हुन् ।


ADVERTISEMENT

# # #


त्रिपाठीले माघ २ गते काठमाडौँमा रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेको विपक्षमा बहस गरेका थिए । सोही क्रममा उनीमाथि रविका समर्थकद्वारा हमला भएको थियो ।

रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा आजबाट रविको बयान तथा थुनछेक बहस हुँदैछ । रवि हिजै रुपन्देही पुगिसकेका छन् । नारायण बहादुर पहराई समेत को जाहेरीले नेपाल सरकार बादी रहेको सो मुद्दामा रवि र रविना रिमाल समेत २२ जना प्रतिवादी छन् ।

उनीविरुद्ध बुटवलको सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको कसुरमा आइतबार अदालतमा मुद्दा दायर भएको थियो ।