काठमाडौँ – काठमाडौंको एक मुख्य व्यापारिक क्षेत्र असन चोकको एक घरमा आगलागी भएको छ ।
घरायसी प्रयोजनका सामान राखिएको गोदाममा बिहीबार दिउसो आगलागी हुँदा लाखौको क्षति समेत भएको छ । घरको माथिल्लो तलामा रहेको गोदाममा आगलागी भएको हो । आगलागीको खबर पाएलगत्तै घटनास्थल पुगेको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोलीले दमकलको सहायतामा आगो नियन्त्रणमा लिएको थियो ।
आगलागीबाट गोदाममा रहेका ग्यास चुल्हो लगाएतका घरासयी सामाग्रीहरु जलेर नष्ट भएको छ । समयमा नै आगो नियन्त्रणमा लिइएका कारण अन्यत्र सल्कन नपाएको स्थानीयले बताएका छन् । आगलागीको कारण र क्षतिको पूर्ण बिबरण आउँन बाँकी रहेको समेत प्रहरीले जनाएको छ ।