काठमाडौँ – नेपाली कांग्रेसले सरकारले ल्याएको अध्यादेशको औचित्यका बारेमा आफ्ना सांसदहरुलाई प्रशिक्षण गरेको छ ।
आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकमा तीन जना विज्ञहरुबाट अध्यादेशको औचित्यका बारेमा आफ्ना सांसदहरुलाई प्रशिक्षण गराइएको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।
अध्यादेशको आवश्यकता, विषयवस्तु लगायतका खुलेर छलफल भएको र सोमबार सांसदहरुले धारणा राख्ने उनले बताए । सांसदहरुले धारणा राखेपछि मन्त्री र शीर्ष नेताले जवाफ दिने उनले बताए ।
घिमिरेले मुलुकको आवश्यकताका आधारमा अध्यादेश ल्याइएको भन्दै विरोध गर्नुपर्ने कुनै कारण नरहेको बताए । उनले अध्यादेशमा कुनै राजनीतिक विषय र विवादास्पद विषय नभएको स्पष्ट पारे । कांग्रे संसदीय दल बैठक सोमबार सम्पन्न हुने घिमिरेले जानकारी दिए ।