काठमाडौँ – ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो)ले सर्वोच्च अदालतले नेपाल सरकारमा नाममा जारी गरेको निर्देशनात्मक आदेश कार्यान्वयको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ ।
अन्यायमा पर्दै आएका ब्रिटिश गोर्खा सैनिकहरुको पक्षमा २४ माघ २०७९ सालमा सर्वोच्च अदालतले गरेको फैसलालाई सरकारले कार्यान्वयन नगरेको भन्दै बिगेसोले काठमाडौंको माइतिघरमा प्रदर्शन गरेको हो ।
सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयबाट ताकेता पत्र पठाउँदा पनि आदेश कार्यान्वयन नगरेकाले प्रदर्शन गर्नुपरेको ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठनका केन्द्रीय अध्यक्ष पदमसुन्दर लिम्बुले बताए ।
सन् १९४७ को नोभेम्बर ९ मा नेपाल, भारत र बेलायतबीच भएको त्रिपक्षीय सम्झौता अन्तरतग भर्ति भएको गोरखा सैनिकहरूमाथि हुँदै आएको अन्याय, असमानता र विभेदका विषयहरूलाई लिएर बिगेसोले संघर्ष गर्दै आएको छ ।