काठमाडौँ–खोटाङबाट काठमाडौं आउँदै गरेको सुमो ओखलढुंगामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


खोटाङबाट बिरामी बोकेर काठमाडौँतर्फ आउँदै गरेको ना १ ज ६४२१ नम्बरको सुमो मानेभञ्ज्याङ–७ भण्डारे खोलामा दुर्घटना हुँदा आमा(छोरासहित ३ जनाको मृत्यु तीन जनाको मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी अनुप पौडेलका अनुसार बिहिबार बिहान करिब ८ बजेको समयमा सो ठाउँमा सुमो दुर्घटना भएको खबर नजिकैको प्रहरीलाई प्राप्त भएपछि त्यहाँ पुग्दा ३ जनाको शवसहित दुर्घटनाग्रस्त अवस्थामा सुमो फेला परेको हो ।

दुर्घटनामा परि मृत्यु हुनेमा खोटाङको केपिलासगढि गाउँपालिका बस्ने ५६ वर्षीया मायादेवी गुरुङ, उनका २८ वर्षीय छोरा पुजन गुरुङ र खोटाङकै रुपाकोट मझुवागढी नगरपालिका १२ बस्ने ३५ वर्षीया तारा गुरुङ रहेको जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

त्यस्तै दुर्घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट समेत प्रहरीहरुको परिचालन भएको तर हालसम्म चालक सम्पर्कविहिन रहेको सूचना अधिकारी पौडेलले बताए । सो सुमो कुन समयमा दुर्घटना भएको भन्ने विषयमा अुनसन्धान भइरहेको छ ।