काठमाडौँ– नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले वर्तमान सरकार पूर्ण रुपमा असफल भइसकेको बताएका छन् ।


ADVERTISEMENT


बिहीबार काठमाडौंमा प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश समितिको चौथो अधिवेशन उद्घाटन गर्दै उपाध्यक्ष सापकोटाले देशका समस्या समाधान गर्न र जनजिविकाका बिषयमा सरकार पूर्णरुपमा असफल भइसकेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनाले दुई तिहाइको सरकारले सदनबाट डराएर बदनियतपूर्ण डंगले अध्यादेश ल्याएको आरोप लगाउनुभयो । आफ्ना कार्यकर्तालाई जग्गा बाड्नकै लागि सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएको उनले जनाए ।

संसद ढिलो बोलाउने र विधेयकहरुलाई फास्ट ट्रयाकमा लैजाने कुराले सरकारले अतालिएको देखिएको सापकोटाको जिकिर छ । विपक्षीहरूले तर्कसहित अध्यादेशको विरोध जनाउने निर्णय गरेपछि सत्तारुढ दलले त्यसको प्रतिवाद गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको उनले बताए ।

सापकोटाले पार्टीलाई एकतावद्ध बनाएर राष्ट्रिय दृष्टिकोणका साथ अघि बढे कसैले माओवादीलाई सिद्धाउन नसक्ने धारणा राखे ।