मकवानपुर– बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री मीन कृष्ण महर्जनले बागमती प्रदेश खेलकुदमय बनाउन प्रतिबद्ध भएर लाग्ने उनले बताएका छन् ।


ADVERTISEMENT


मकवानपुर जिल्ला इन्द्र सरवर गाउँपालिका–२ द्वारा आयोजित वडा कपमा यस्तो धारणा ब्यक्त गरेका हुन् ।


ADVERTISEMENT

# # #


मुलुक संघियता लागू भए पश्चात् स्थानीय सरकार, प्रदेश सरकार अधिकार सम्पन्न भएपछि बागमती प्रदेश भित्र सबैभन्दा बढि खेलकुद प्रतियोगिता हुने गरेको उनले बताए।

बागमती प्रदेश खेलकुद हब भएको र बागमती प्रदेश भित्र प्रतियोगिताको तुलना गर्ने हो भने भौतिक पुर्वाधार निकै कम छ, त्यस कारण अब आउने बजेटमा भौतिक पुर्वाधारलाई प्राथमिकता राखेर काम गर्ने, साथै खेलाडी हरुको जिविकोपार्जको निमित्त प्रतिबद्ध भएर लागि पर्ने उनले जनाए ।

मन्त्री महर्जनले बागमती प्रदेश भित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको अभिलेख राखेर सम्मान गर्दै जाने उनले बताए। देशका सेलिब्रेती खेलाडीहरु धमाधम बिदेश पलाएन हुने क्रम जारी छ। त्यस्ता खेलाडीहरुलाई राज्यले नेपाल बसेर खेल खेल लेर जिविकोपार्जन गर्न सक्ने बाताबरण बनाउनु पर्छ ।

प्रतियोगितामा महिला भलिबल, पुरुष भलिबल भेट्रान फुटबल महिला डोरी तान्ने खेल, र फुलकन्ट्याक्ट कराते सम्पन्न भएको थियो। बिजेता खेलाडीहरुलाई प्रमुख अतिथि महर्जनले महिला भलिबल प्रथम हुने मार्खु टीमलाई नगद रु ४० हजार सहित मेडल ट्रफि वितरण गरे। त्यस्तै पुरुष प्रथम हुने नव लालि टीमलाई बगद रु ४० हजार सहित मेडल ट्रफि बितरण गरेका थिए।

त्यस्तै भेट्रान फुटबलमा प्रथम हुने नव लालिमा युवा क्लबलाई रु ४० हजार नगद पुरुस्कार सहित मेडल ट्रफी प्रदान गरेको थियो।