काठमाडौँ– नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । नासा नेपालले शनिवार होटेल रोयल ट्युलिप काठमाडौंमा भव्य रुपमा सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न गरेको हो ।


ADVERTISEMENT


कार्यक्रममा प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री माननीय तेजु लाल चौधरी, माननीय सांसदहरू, राष्ट्रिय खेलकुद परिषदका उच्च पदाधिकारीहरू तथा नेपालका खेलकुद एवं मोटरस्पोर्ट्स क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।


ADVERTISEMENT

# # #


नासा नेपालका उपाध्यक्ष तथा कार्यक्रम सञ्चालक अनिल कुमार बरालको उत्कृष्ट संयोजनमा कार्यक्रम उद्घाटन समारोहबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि सहित अन्य विशिष्ट अतिथिहरूले झण्डा फहराएर कार्यक्रमको औपचारिक सुरुवात गरेका थिए ।

सोही अवसरमा नासा नेपालले सन् २०२४ मा स्पेनमा आयोजित वर्ल्ड मोटरस्पोर्ट्स गेम्स्मा सहभागिता जनाएको ऐतिहासिक उपलब्धिलाई विशेष रूपमा सम्मान समेत गरेको थियो ।

समारोहमा राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त उपाध्यक्ष ध्रुव आचार्य र बोर्ड सदस्यहरूलाई नासा नेपालले औपचारिक रूपमा स्वागत गर्दै अन्तर्राष्ट्रिय मोटरस्पोर्ट्स प्रतिस्पर्धामा नेपाललाई प्रतिनिधित्व गरेका खेलाडीहरू तथा पदाधिकारीलाई सम्मान समेत गरियो ।

सम्मननित हुनेहरुमा दशरथ रिसाल (अध्यक्ष नासा नेपाल), दिप्रश शाक्य (ईस्पोर्टस विधा), कृष्ण प्रसाद पौडेल (अटो–सलालम विधा), प्रज्ञा कँडेल (अटो–सलालम विधा), यदुराज लामिछाने (टोली व्यवस्थापक) र टिकाराम यात्री (पत्रकार प्रतिनिधि) रहेका छन् ।

कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष नासा नेपालका सचिव दिप्रश शाक्यले आफ्नो र्याली सवारी नासा नेपाललाई हस्तान्तरण गरे । यस महत्वपूर्ण क्षणमा प्रमुख अतिथि माननीय तेजु लाल चौधरी, सांसद योगेश भट्टराई, सांसद उदय शम्शेर जबरा तथा अन्य विशिष्ट व्यक्तिहरू साक्षी रहेका थिए ।

यस अवसरमा एफआईए वर्ल्ड सदस्य गोविन्द भट्टराई, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, सांसदहरू तथा अन्य अतिथिहरूले मोटरस्पोर्ट्सको नेपालमा बढ्दो महत्व र नासा नेपालको योगदानबारे विचार व्यक्त गरे।

नासा नेपालका अध्यक्ष दसारथ रिजालको धन्यवाद मन्तव्यसँगै कार्यक्रम समापन भएको थियो, जसपश्चात् सहभागीहरूका लागि विशेष ककटेल डिनरको आयोजना गरिएको थियो । यो कार्यक्रम नेपालका मोटरस्पोर्ट्स यात्राको अर्को महत्वपूर्ण उपलब्धि बनेको छ।