काठमाडौं–फ्रेन्च लिग वान फुटबल अन्तर्गत आइतबार राति भएको खेलको क्रममा घाइते भएका पिएसजीका स्टार स्ट्राइकर नेइमारको खुट्टाको हड्डी भाँचिएको छ । मार्सिल्लेविरूद्धको खेलमा घाइते भएर मैदान बाहिरिएका उनी अब केही सयम मैदानबाट बाहिरै रहने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।


ADVERTISEMENT


फ्रेन्च फुटबल क्लव पेरिस सेन्ट जर्मेन पिएसजी बाट व्यावसायीक फुटबल खेल्दै आएका नेइमारले रियाल मड्रिड विरुद्ध च्याम्पियन्स लिग प्रि क्वाटरफाइनलको दोस्रो लेगको खेल गुमाउने भएका छन्। पहिलो लेगको नतिजा ३–१ ले रियललाई सुम्पेको पिएसजीले मार्च ७ मा हुने दोस्रो लेगमा खेल उल्ट्याउन कम्तिमा पनि ३–० को जित निकाल्नुपर्ने बाध्यता छ। यस्तो अवस्थामा नेइमार घाइते भएपछि पिएसजीमाथि दबाब बढेको हो।


ADVERTISEMENT

# # #


उपचारको क्रममा उनको खुट्टाको हड्डी मेटाटार्सल भाँचिएको र कुर्कच्चाको हड्डीमा समेत चोट लागेको अस्पतालले रिपोर्ट दिएको छ। नेईमार कहिले मैदानमा फर्कन सक्छन् भन्नेबारे क्लबले आधिकारीक रुपमा केही बताएको छैन।