काठमाडौँ – काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले लगातार लगातार चौथो हार हार व्यहोरेको छ । मंगलबार भएको खेलमा नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भएको हो ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०७ रन बनायो । १०७ रनको चुनौती पच्छ्याउँदै मैदान उत्रिएको जवाफी ब्याटिङमा उत्रिएको नेपाल २० ओभरमा ८ विकेटको क्षतिमा १०१ रनमै समेटिएको हो । नेपालका लागि रुबिना क्षेत्रीले सर्वाधिक २६ रन बनाइन् । उनले ३० बलमा ३ चौका र १ छक्का प्रहार गरिन् । यस्तै कविता जोशीले २० बलमा ३ चौका र १ छक्काको मदतमा २० रन जोडिन् । यस्तै रोमा थापाले नटआउट १९ रन हान्दा पूजा महतोले १८ रन जोडिन् ।


ADVERTISEMENT

# # #


बलिङतर्फ थिपाचा पुथाभोङले सर्वाधिक ४ विकेट लिइन् भने फनिता मायाले २ विकेट हात पारिन् । यसअघि ब्याटिङतर्फ थाइल्याण्डका लागि चानिदा सुथिरहुआङले सर्वाधिक नटआउट २७ रन जोडिन् भने थिपाचा पुथाभोङले नटआउट २५ तथा नानिनपाट कोन्चारोएकले १९, अपिसरा सुवान्चोनरथीले १७ रन बनाइन् ।

बलिङतर्फ नेपालकी मनिषा उपाध्यायले सर्वाधिक ३ विकेट लिइन् । यस्तै रुबिना क्षेत्री र पूजा महतोका नाममा समान १–१ विकेट रह्यो ।

पहिलो खेलमा नेदरल्याण्ड्ससँग २० रनले हारेको नेपाल दोस्रो खेलमा थाइल्याण्ड्ससँग ४ विकेटले हारेको थियो । यस्तै तेस्रो खेलमा नेदरल्याण्ड्ससँग १५ रनले हारेको थियो ।

त्रिकोणात्मक सिरिजमा नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डले एकअर्कासँग तीन–तीन खेल खेल्दैछन् । अब नेपालले नेदरल्याण्ड्स र थाइल्याण्ड १–१ खेल खेल्न बाँकी छ ।