सुर्खेत– सुर्खेतको मालारानीस्थित देउतीडाँडा प्रहरी चौकी नजिकै भे १ त ६१८६ नम्बरको ट्रयाक्टर पल्टिदा तीन जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


ट्रयाक्टर चालकसहित ३ जनाको घटनास्थलमै मृत्यु भएको हो । भने २ जना गम्भीर घाईते भएका छन । मृत्यु हुनेहरुमा गुर्भाकोट ८ मेहेलकुना सुर्खेतका ट्रयाक्टर चालक फत्तबहादुर विक, सोही स्थानका शशिराम विक र नारायण खत्री रहेको प्रहरी चौकी मेहेलकुनाले जनाएको छ ।


ADVERTISEMENT

# # #


गम्भीर घाईतेलाइ थप उपचारका लागि नेपालगन्ज लगिएको छ ।