मुम्वई–दुबईमा निधन भएकी भारतीय अभिनेत्री श्रीदेवीको पार्थिब शरीर मुम्बई ल्याइएको छ । विमानस्थलबाट उनको शरीर घर लगिएको छ ।


ADVERTISEMENT


दिवंगत श्रीदेवीप्रति श्रद्धाञ्जलीपछि दाहासंस्कार गरिनेछ ।


ADVERTISEMENT

# # #


परिवारलाई सान्त्वना दिन अधिकांश भारतीय सिनेकर्मीहरु अहिले मुम्बई पुगेका छन् । मुम्बईस्थित अनिल कुपरको निवासमा जम्मा भएर अधिकांश भारतीय सिनेकर्मीहरुले दिवंगत श्रीदेवीप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

उक्त श्रद्धाञ्जली सभामा रजनीकान्तदेखि शाहरुख खानसम्म पुगेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

कपुर परिवारलाई सान्त्वना दिन प्रसिद्ध भारतीय सिनेकर्मीहरु माधुरी दिक्षित, दीपिका पादुकोण, करिश्मा कपुर, हर्षबर्धन कपुर, डिजाइनर मनिष मल्होत्रा, जावेद अख्तर, करण जौहर, श्रुति हासन, अक्षरा हासन, अमिषा पट्टेल, दिब्या दत्त सरोज खान, रणवीर सिंह लगायत पुगेका थिए ।