काठमाडौँ – सरकारले पहिरो रोकथामसम्बन्धी परियोजनाका लागि एसियाली बिकास बैंकबाट प्राप्त हुने २० लाख अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । माघ २८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउन बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता गुरुङले उक्त जानकारी दिएका हुन् ।


ADVERTISEMENT


यस्तै बैठकले बैठकले सजाय माफी, मुलतवी, परिवर्तन वा कम गर्ने सम्बन्धी कार्यविधि २०७१ लाई खारेज गर्ने निर्णय भएको प्रवक्ता गुरुङले जानकारी दिए । त्यस्तै उनले ६७० मेगावाट क्षमताको दुधकोशी जलाशययुक्त जलविदुत आयोजना निर्माणका लागि आयोजनाको वित्तीय व्यवस्थासम्बन्धी पूर्वतयारी अघि बढाउन सैद्धान्तीक सहमति प्रदान गरेको प्रवक्ता गुरुङले बताए ।


ADVERTISEMENT

# # #


त्यस्तै बैठकले नेपाल र युक्रेनबीच कुटनीतिक, आफिसियल र सर्भिस राहदानीबाहकलाई भिसा छुट दिनेसम्बन्धी सम्झैतापत्र स्वीकृत गर्ने निर्णय समेत गरेको उनले बताए ।

बैठकले बीमा नियमावली २०८१ स्वीकृत गरेको छ भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) १७ जनाको सरुवा गर्ने निर्णय समेत गरेको छ ।