काठमाडौँ – सरकारले भूमिसम्बन्धी अध्यादेश लगायतका अन्य अध्यादेश सदनबाट पारित हुने दाबी गरेको छ ।


ADVERTISEMENT


मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले भूमिसम्बन्धी अध्यादेश लगायत सरकारले ल्याएका सबै अध्यादेश संघीय संसदबाट पारित हुने दाबी गरेका छन् ।


ADVERTISEMENT

# # #


भूमिसम्बन्धी अध्यादेश पारित नहुने हल्ला सुरु भएको भन्दै उनले जसपा नेपालले यसबारे कुनै आधिकारिक निर्णय नगरेको बताए । उनले अध्यादेशका बारेमा सहमति खोज्न दलहरुसंग छलफल भइरहेको र संक्रमणकालीन अवस्थामा नै रहेको धारणा राखे ।

उनले भने, ‘हामीले ६ वटा अध्यादेशहरु ससदमा टेबुल गरिसकेका छौँ । सबै दलहरुबीच सहमतिका लागि अहिले छलफलकै क्रममा छौँ । भूमिसम्बन्धी अध्यादेश पास हुँदैन भन्ने बजारको हल्ला हो । अहिले नै फेल हुने भो वा पास हुने भो भन्ने भन्न मिल्दैन ।’

प्रवक्ता गुरुङले सामाजिक सञ्जाल सम्बन्धी विधेयक सरकारले सदनमा पेश गरेको अवस्थामा त्यसलाइ संशोधन गर्ने वा नगर्ने निर्णय सदनले गर्ने जिकिर गरे ।