काठमाडौँ– नागरिक लगानी कोष र एल.सी.इनर्जी लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ ।


ADVERTISEMENT


सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र एल.सी.इनर्जीका प्रबन्ध सञ्चालक विश्व श्रेष्ठले हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT

# # #


सम्झौता अनुरुप एल.सी.इनर्जीले प्रति सेयर एक सय रुपैयाँका दरले ६ लाख कित्ता बापतको ६ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्नेछ ।

सम्झौताको अवधि हस्ताक्षर भएको मितिले ६ महिनासम्म रहने बताइएको छ ।