काठमाडौँ – काठमाडौँमा सोमबारदेखि सुरू अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न पहिलो खेलमा नेपालले कीर्गिस्तानलाई १–० गोलले पराजित गरेको हो ।


ADVERTISEMENT


नेपालको जितका लागि ११औं मिनेटमा विमला चौधरीले गोल गरिन् । उनको गोल नै खेलको निर्णायक बन्यो ।


ADVERTISEMENT

# # #


आजै भएको अर्को खेलमा म्यानमारले लेबनानलाई ३–१ ले हराउँदै जित हात पारेको छ । प्रतियोगितामा नेपाल साथै किर्गिस्तान, म्यानमार र लेबनन प्रतिस्पर्धा गर्दैछन् ।