काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेसको महाधिवेशन तोकिएको समयमा नै हुने बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार विराटनगरमा सञ्चारकर्मीसंग कुरा गर्दै महामन्त्री थापाले महाधिवेशनको तयारी शुरु भईसकेको भन्दै तोकिएको समयमा नै सम्पनन हुने बताएका हुन् ।


ADVERTISEMENT

# # #


अधिवेशनको समयमा मात्र प्रतिस्पर्धा गर्ने प्रणाली विकास गर्न र अन्य समय पार्टी संगठन र अन्य जिम्मेवारी पूरा गर्नमा समय लगाउन नेता तथा कार्यकर्ताहरुलाई उनले आग्रह गरे ।

महामन्त्री थापाले एउटा दलले गरेको गलत कार्यबाट असन्तुष्ट हुनेले व्यवस्था भन्दा पनि अन्य दल रोज्न पाउने लोकतन्त्रको मुल्य मान्यतालाई आत्मसात गर्नुपर्ने धारणा राखे ।

उनले पछिल्लो पटक पूर्व राजाबाट आएको अभिव्यक्तिलाई लोकतन्त्रको गहनाका रुपमा लिएर राजनैतिक कर्ममा सुधार गरेर जवाफ दिनुपर्ने बताए ।

पार्र्टीभित्रैबाट सरकारको विरोध भईरहेको प्रश्नको जवाफमा महामन्त्री गगन थापाले सरकार विरुद्धको खबरदारीले सरकारलाई सुधार्न र गलत काम रोक्न मद्दत पुग्ने समेत जनाए ।