काठमाडौँ– प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले सार्वजनिक गरेको मन्त्रालयगत प्रगतिको अर्धवार्षिक विश्लेषणमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय दोश्रो स्थानमा परेको छ ।
हालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सार्वजनिक गरेको पुषसम्मको कार्य प्रगतिका आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मन्त्रालय तथा निकायगत आधारमा तेश्रो तथा मन्त्रालयहरुबीचको मूल्यांकनमा दोश्रो स्थानमा रहेको प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।
शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले मन्त्रालयले कुल ५२ मध्ये पुष मसान्तसम्ममा सम्पन्न गर्नुपर्ने ११ काममा नौ वटा सम्पन्न गरिसकेको बताए ।
मन्त्रालयको सामाजिक क्षेत्रका माइलस्टोनको समीक्षामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार मन्त्रालयले ८१ दशमलव ८ प्रतिशत प्रगति हासिल गरेको उनले बताए।
प्रवक्ता बुढाथोकीले बालबालिकामा हुने क्यान्सरविरुद्धको औषधी मन्त्रालयले बिहीबारमात्र प्राप्त गरेको जानकारी दिए । मन्त्रालयले हात्तिपाइले रोग बिरुद्धको औषधी अभियानलाई पनि तीव्रता दिइएको उनले जनाए ।
उहाले मन्त्रालयले गरेका कामकारवाहीको जानकारी हरेक शुक्रबार सञ्चारमाध्यमलाई उपलव्ध गराउने गरि व्यवस्था सुरु गरेको उल्लेख गरे ।