बैतडी– जिल्लाको दशरथ चन्द नगरपालिका–२ मा आज जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।


ADVERTISEMENT


स्थानीय सतबाजबाट सदरमुकाम जाँदै गरेको से १ ज ३८९ नंं को जिपले दशरथ चन्द नगरपालिका–२ का स्थानीय सात वर्षीय विवेक बोहोरालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


बालकको मृत्युपछि मृतकका आफन्तले क्षतिपूर्तिको र दोषीलाई कारबाहीको माग गर्दै अपराह्नदेखि राजमार्ग ठप्प पारेका छन् ।