काठमाडौँ– सशस्त्र प्रहरी बल नेपालको एक महिला इन्स्पेक्टर मृत अवस्थामा भेटिएकी छन् ।


ADVERTISEMENT


तालिमरत सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका– ७ लागर्चे कि २९ वर्षीया सन्तोषी महत झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।


ADVERTISEMENT

# # #


तीन महिनाअघि मात्र सन्तोषी तालिम गर्न पोखरा पुगेकी थिइन् । शनिवार राति ९ बजे ब्यारेकको शौचालयमा मृत अवस्थामा फेला परेको बताइएको छ ।

उनी २०७२ सालमा सशस्त्र प्रहरीको जवानमा भर्ना भएकी थिइन् । उनले २०७८ सालमा असईमा नाम निकालेकी थिइन् ।असईमा नाम निकालेको ३ वर्षपछि इन्सपेक्टरमा नाम निकालेकी थिइन् ।

महतको मृत्युपछि उनका परिवारले अर्का एक इन्सपेक्टरविरुद्व आत्महत्या दुरुत्साहनमा जाहेरी दिएको छ । महतको परिवारले १६ बेसिकका एक इन्स्पेक्टर विरुद्ध किटानी जाहेरी दिएका हुनन् । ती इन्स्पेक्टर र महत प्रेमी–प्रेमिका रहेको परिवारको दाबी छ । उनैका कारण महतले आत्महत्या गर्नु परेको जाहेरीमा दाबी गरिएको छ ।

महतको परिवारले कास्की प्रहरीमा दुरुत्साहनको जाहेरी दिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी श्याामबाबु ओलियाले जाहेरी आएको पुष्टि गरे । अब दर्ता गरेर पक्राउ पुर्जी लिएर अनुसन्धान गर्ने तयारी प्रहरीको छ ।