काठमाडौँ– ब्यारेकमै मृत भेटिएकी सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको घटना छानबिन गर्न समिति गठन भएको छ ।


ADVERTISEMENT


राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा कार्यरत डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो । सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी कुमार न्यौपानेले डीआईजी सिंहको नेतृत्वका ५ सदस्यीय छानबिन समिति गठन गरिएको अनलाइनखबरलाई जानकारी दिए ।


ADVERTISEMENT

# # #


तीन महिनाअघि मात्र सन्तोषी तालिम गर्न पोखरा पुगेकी तालिमरत सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका– ७ लागर्चे कि २९ वर्षीया सन्तोषी महत झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

महतको मृत्युपछि उनका परिवारले अर्का एक इन्सपेक्टरविरुद्व आत्महत्या दुरुत्साहनमा जाहेरी दिएको छ । महतको परिवारले १६ बेसिकका एक इन्स्पेक्टर विरुद्ध किटानी जाहेरी दिएका हुनन् । ती इन्स्पेक्टर र महत प्रेमी–प्रेमिका रहेको परिवारको दाबी छ । उनैका कारण महतले आत्महत्या गर्नु परेको जाहेरीमा दाबी गरिएको छ ।