ललितपुर– ललितपुर महानगरपालिकाले लगनखेलमा रहेको न्हु पोखरी संरक्षण गर्न पोखरी अगाडीका संरचना भत्काएको छ ।
ललितपुरको ऐतिहासिक महत्वको न्हु पोखरी संरक्षणका लागि महानगरले लगनखेल स्थित ५ नं. वडा कार्यालय भवन साथै लगनखेलसम्मका संरचना भत्काएको हो । सो क्षेत्रमा रहेका पसल, टहरा र अन्य पक्की संरचना समेत महानगरको डोजरले भत्काइएको थियो ।
न्हु पोखरी महानगरले संरक्षण गरिरहेको र सर्वसाधारणले सहज रुपमा ऐतिहासिक महत्वको न्हु पोखरीलाई देख्न सक्ने गरि पोखरी अगाडीको संरचना हटाइएको महानगर प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए । उनले ललितपुर महानगरका अन्य क्षेत्रमा रहेका ऐतिहासिक महत्वका स्थानलाई सहज रुपमा देखिने गरि काम हुने बताए ।.
त्यस्तै ललितपुर नगर प्रहरी प्रमुख सीताराम हाच्छेथुले २०८२ असार ३१ सम्म न्हु पोखरी पुननिर्माण सम्पन्न गर्ने गरि काम अघि बढेको जानकारी दिऐ । पहिलो चरणमा सो क्षेत्रमा रहेका १२ वटा टहरा भत्काइएको उनले जनाए ।