काठमाडौँ–ललितपुरको महालक्ष्मी नगरपालिका–५ स्थीत टिकाथलीमा पानीका लागि बोरिङ खन्ने क्रममा आगोको ज्वाला निस्किएको छ ।
टिकाथलीको गोदावरी खोला नजिक खानेपानीको बोरिङ खन्ने क्रममा ग्यास निस्केर आगो लागेको हो । बोरिङ खन्ने क्रममा एक्कासी आगोको मुस्लासहितको ग्यास निस्केपछि स्थानीयहरु त्रसित भएका छन् । आगोको ज्वाला निस्किएपछि बोरिङ खन्ने काम रोकिएको छ ।
पानीका लागि बोरिङ खन्ने क्रममा ग्यास निस्केर आगो लागेको ललितपुर प्रहरीले जनाएको छ । महालक्ष्मी नगरपालिकाका केहि स्थानमा यसअघि पनि इनार र बोरिङ खन्ने क्रममा ग्यास निस्किएको थियो ।
आगोको ज्वाला निस्किएको सन्दर्भमा थप वैज्ञानिक पुष्टिका लागि सरकारी अधिकारीसँग समन्वय भइरहेको बताइएको छ ।