काठमाडौं – होलीमा अवाञ्छित गतिविधि गर्ने १२ जना पक्राउ परेका छन् । उनीहरूलाई राजधानीका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यस्तै नियम उलङ्घन गरी सवारी चलाउने २५० सवारीसाधनलाई कारवाही गरिएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT


होलीमा सामाजिक सुरक्षा कायम राख्न खटिएका प्रहरीले उपत्यकाका मुख्य चोक, गल्ली र भित्रिबाटोमा कडा निगरानी राखेको र शान्ति सुव्यवस्था कायम राख्न प्रहरी कटिवद्ध रहेको महानगरीय प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


प्रहरीले उपत्यकाका १ सय ५० बढी स्थानमा चेकिङ गरिरहेको छ भने ठाउँ–ठाउँमा प्रहरीको मोवाइल टोली परिचालीत छ । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका सहआयुक्त तथा एसएपी पूर्णचन्द्र जोशीका अनुसार आज दिउँसैबाट ‘मापसे’ चेकिङसमेत हुनेछ । जोशीका अनुसार लोला हान्ने, जबरजस्ती रंग दल्ने र गलत क्रियाकलाप गर्ने जोकोहीलाई पनि पक्राउ गरि कार्वाही प्रक्रिया अगाडी बढाइनेछ ।

यता होलीमा दुर्घटना न्युनीकरण गर्न ट्राफिक प्रहरीले उपत्यकाभित्र सवारी चेकिङ कडा पारेको छ । हेल्मेट नलगाइ तथा तीन जना राखेर मोटरसाइकल चलाउनेलाई कार्वाही गरिने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । फागुपूर्णिमा अर्थात् होली बिहीबार उपत्यकासहित हिमाली र पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा मात्रै होली सुरक्षाका लागि ३ हजार प्रहरी परिचालन गरिएको छ