काठमाडौँ– नेकपा माओवादी केन्द्र लगाएत बिपक्षी दलले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन खोजिएको भन्दै आपत्ति जनाएको छ ।


ADVERTISEMENT


बुधबार प्रतिनिधिसभा बैठक सुरु हुनेबितिकै उठेर विरोध जनाउदै विपक्षी दलले देशका लागि राम्रो गर्ने कुलमानलाई कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिदै हटाउन खोजिएको भन्दै आपत्ति जनाएको हो । बिपक्षी दलले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले माओवादी प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएका थिए ।


ADVERTISEMENT

# # #


उनले विद्युतलाई नाफामा लगिरहेको अवस्थामा कार्यसम्पादन मूल्यांकनमा शून्य अंक राखेको भन्दै आपत्ति जनाए । पाण्डेले सरकारको आफ्नै मन्त्रालयको मूल्यांकन नहेर्ने र ठीक ढंगले प्राधिकरणमा काम गरिरहेका व्यक्तिलाई शून्य अंक दिने काम उचित नभएको बताए । यस बिषयमा सरकारले सदनमा स्पष्ट पार्नुपर्ने र सभामुले आवश्यक रुलिङ गर्न उहाले माग गरे ।

त्यस्तै रास्वपा, राप्रपा लगाएत दलका सांसदले पनि बिद्युत क्षेत्रको बिकासमा योगदान गर्ने व्यक्तिलाई पटक पटक स्पस्टीकरण सोध्ने र कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिइ हटाउने षडयन्त्र भइरहेको भन्दै आपत्ती जनाएका थिए । बिपक्षी दलको विरोधपछि सभामुख घिमिरेले बिपक्षी दलले उठाएका बिषयमा सभालाई जवाफसहित जानकारी गराउन सरकारलाई रुलिङ गरे ।