रामेछाप– काँगेस केन्द्रिय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकले काँग्रेस नेतृत्वमा भएका कामको सफल कार्यन्वयनका लागि अब काँग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने बताएका छन् ।


ADVERTISEMENT


उनले शान्ति प्रक्रिया टुंगाउन, संविधान निर्माण गर्न र तीन तहकै निर्वाचन मार्फत संविधान कार्यन्वयनका लागि काँग्रेसले नेतृत्वदायी भूमिका निभाएको बताए ।


ADVERTISEMENT

# # #


शहिद टिकाराज आरणको १८ औँ श्रद्धाञ्जलीसभा तथा शालिक शिलान्यासका लागि रामेछापको मन्थली पुगेका नेता लेखकल संघीय संसदको सपथ नलिई प्रधानमन्त्री हतार गरेर केपी ओलीले सत्तालोलुप्ता देखाएको आरोप पनि लगाए ।

उनले निर्वतान सिफारिस गरेका राष्ट्रिय सदस्यको नाम फिर्ता लिनु यो सरकारको अधिनायकवादी कार्यशैली भएको बताए ।

काँग्रेसले अंकगणितमा चुनाव हारेपनि मुद्दामा चाहिँ जितेको लेखको दावी थियो । पार्टीका आन्तरिक विवाद हल गरेर काँग्रेस नयाँ तरिकाले उठ्नुपर्ने नेता लेखकको भनाई थियो ।

आरणको ससस्त्र द्धन्द्धको बेला तत्कालीन विद्रोहीपक्षबाट हत्या भएको थियो ।