काठमाडौँ — माओवादीकी सांसद रेखा शर्माले गुठी किसानको माग सम्बोधन गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले गुठी किसानसँग वार्ता गरी यथाशीघ्र गुठी विधेयक ल्याउन सरकारसमक्ष माग गरिन् ।


ADVERTISEMENT


‘विगत ३२ दिनदेखि सङ्घर्षरत मोही किसानको मागको सुनुवाई हुन सकेको छैन,’ सांसद शर्माले भनिन्, ‘सडकबाट किसानले उठाएको र सदनमा सांसदले ध्यानाकर्षण गराएको विषयलाई सरकारले गम्भीर रूपमा लिएर तत्काल समस्या समाधान गर्न अनुरोध गर्दछु ।’


ADVERTISEMENT

# # #


गत माघ २० गतेदेखि स्वर्गाद्वारी गुठी पीडित मोही किसान माइतीघर मण्डलामा धर्ना दिइरहेका बताउँदै उनले गुठी जग्गा रैकर गरी किसानलाई जग्गाधनी पुर्जा जारी गर्न माग गरिन् ।