काठमाडौँ– सांसदहरुले अवैध रुपमा बिभिन्न देशका बसेका नेपालीलाई फर्काउने क्रममा अमानवीय व्यवहार भएको भन्दै सरकारको ध्यनाकर्षण गराएका छन् ।


ADVERTISEMENT


बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मीक समयमा उनीहरुले अमानवीय व्यवहारका साथ नेपालीहरुलाई फर्काउने काम भएको भन्दै सरकारले यसमा ध्यान दिनुपर्ने जनाएका हुन् ।


ADVERTISEMENT

# # #


बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले अमानवीय व्यवहारका काम बन्द हुनुपर्ने र मानव अधिकार मूल्य मान्यताका आधारमा नेपालीहरुलाई फिर्ता गर्नुपर्ने र यसमा सरकारले ध्यान दिनुपर्ने उनले बताए । त्यस्तै उनले एनजीओ र आइएनजीओका नाममा आएका रकमको दुरुपयोग भएको भन्दै यसमा सरकारले श्वेतपत्र जारी गर्नुपर्ने धारणा राखे ।

त्यस्तै माओवादी सांसद देवेन्द्र पौडेलले मानवअधिकारका अन्तराष्ट्रिय मूल्य मान्यता विपरित नेपालीहरुलाई फिर्ता गरेको भन्दै आपत्ति जनाए । विदेशमा रहेका नेपालीहरुलाई सुरक्षा गर्न र सहज रुपमा नेपालमा फिर्ता गर्नका लागि सरकारले गम्भीर कदम चाल्न उनले ध्यानाकर्षण गराए ।

उनले नेपालमा नै भविष्यदेख्ने गरि युवाहरुलाई स्वदेश फर्काउने काम गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।